नेपाल सरकार निजामिति सेवाका वार्तमान र पूर्व उच्च पदस्थ अधिकारी ,
राजनैतिक पार्टीहरूका उपल्लो दर्जाका नेतागण, प्रोफेसर, पत्राकार, कलाकार,
डाक्टर, ईन्जिनियर, ब्यापारी , बिद्यार्थी, वकिल, अनि बाँकि हामी बफादार
नेपाली, श्री हिमालय मा. बि. खाँदबारीका पूर्व बिद्यार्थी । अन्ततो
गत्वा हामी सबैको एउटै नाम भुतपूर्व बिद्यार्थी परिवार श्री हिमालय मा. बि.
खाँदबारी। यो नामले चिनिन पाउदा खुसी लाग्यो । वास्तव मै भन्ने हो भने
कुनै पनि यस्ता जिल्ला स्तरिय भेलामा गएको अनुभव बिरलै थियो म मा । तर
राष्ट्रिय एकताको पर्तिकको कार्यकर्ता मान्ने कमल थापा देखि असंघियता
गणतन्त्र बादि चित्र बहादुर केसी सम्मका भेला त भ्याएकै हो अरु नाम पनि
सुनेका काम पनि हेरेका पार्टीको त कुरै नगरौं समय वर्वाद हुन्छ।
आजको भेलाले खुसि , आनन्दको सितलता दियो । यस्तो खुसि पाउनको कारण यो पनि छ कि, २२ सालको प्रवेसिका दिने अलिक अगाडिका जानकारहरू , हामी अर्धबैंसे र भर्खर गएको ६८ प्रवेसिकामा सामेल हुने साना भाइ बहिनीहरूको एउटै पद, परिचय, हैसियत, भएर पनि हो । कस्तो राम्रो! साझा परिचय बोकेको परिवारका सदस्यहरूलाई भेट्ने मेसो जुराएको हो संखुवासभा पत्रकार एसोसिएसनले । धेरै धन्यवाद ।
पूर्वजहरूले के भन्नु भयो ? वर्तमानहरुले किन ताली पिट्नु भयो/ पिटियो ? भबिष्यका कणधारहरूले मन्द मुस्कानका साथ त्यो सेनारियोलाई किन ग्रहण गरिरहनु भएको थियो ? मेरो ध्यान त्यता गएन / छैन । मलाई यति कुराले मन छोयो कि , अहिले देश परिस्थिति, काल खण्ड बिछट्टसँग बिग्रेको जस्तो अबस्थामा बाहिर देखिएको छ । त्यो बिलकुलै प्रायोजित मात्र हो । भन्ने सन्देश दिन यो भेला काफि थियो त्यहि कुराले मेरो मन छुयो । सुनेका देखेका अनुमान लाउन सक्ने सम्मका सबै बर्ग क्षेत्र र तप्का बाट करिब ३०० जना जतिको भेलामा नेपाली समाज अहिले पनि साझा नाम सहि अवधारणा पाएको खण्डमा एउटै स्थानमा एकै समयमा भेला हुन तयार छ जुन कुनै राष्ट्रिय गौरवको बिषयमा निर्णय लिन सक्छ । भेलाले अहिले सम्म समाजले सामाजिक दायरा तोडेको छैन भन्ने सन्देश खुलेर दिएको थियो यो नै मेरो र हाम्रो लागि गौरव गर्न पर्ने बिषय हो ।
मैले त्यहाँ आफ्नो परिचय पनि दिइन । कारण मेरो भन्दा पहिले परिचय गर्नेहरुको एक जनाको पनि परिचय मैले क्याच गर्न सकिन भनुन जेल सुने अर्कोले कपि एण्ड रिप्लेस गरि हाल्यो । तर तपाई सबैलाई जहाँ देखे पनि चिन्ने साझा चिनारी मैले पनि दिमागमा सेट गरेर आएको छु जुन तपाई सहभागीहरुले पनि अबस्य गर्नु भएको छ । भुतपूर्व बिद्यार्थी परिवार श्री हिमालय मा. बि. खाँदबारी । यो भन्दा बाहिरको परिचय त आ-आप्नो रोजि रोटि सबैको हुन्छ नै । म हिमाबिमा प्रवेसिका सम्म अध्ययन गरेको दधिराम नेपाल हुँ अहिले सम्म नामको अगाडि आकार, ईकार, ओकार केहि जोड्न सकेको छैन र पछाडि पनि । बि ए सरको नेतृत्वमा सबै भन्दा जुनियर जापानिज मेडम सम्म(नाम बिर्सिएँ)को टिमले मलाई दिक्षित गरेको हो । सिब चापागाईं सरको बुझाउने शैलि । धुर्व खनालसरको निट एण्ड क्लिन, बिरबहादुर राई सरको जोस , सोम सरको राम्रा अक्षर, धनन्जय सरको भावुकता, स्वर्गिय अजय यादव सरको झापड, बिश्व कुमार बज्रचार्य सरको ममता र सालिनताको समिश्रण नै हो मेरो मुख्य स्कुलिङ्ग र अहिले सम्मको साहस । म अहिले सम्म उत्तिकै ऋणी छु यी कुराहरूका लागि सबैमा मेरो प्रणाम एक पटक । समयको गतिमा हिड्दा यी दिक्षित पाटा मेरो साथमा हुने छन् ।
ब्याबसाहिक पत्रकारिता गर्ने साथीहरूसँग फोटो माग्न मेरो धर्मले दिदैन । मेरो क्यामरामा म आफू कैद हुन सकेको छैन रहेछु । यदि कोहि कसैले मैले जस्तै इन्टरटेन्मेन्टको लागि फोटो खिच्नु भएको छ भने र त्यो समुहसँग मेरो पनि थोप्डा जोडिएको रहेछ भने १ वटा मलाई पनि पठाउनु होला मैले खिचेका सबै तस्बिरहरू फेस बुक र पिकासाबाट सेयर गरेको छु ।
धन्यवाद

No comments:
Post a Comment