Friday, October 2, 2009

चाडका नाममा बेचिएको राष्ट्रियता

भर्खरै एउटा भिमकाय समस्याबाट देशले सास फेरेको छ। देशमा पैसाको समस्या परेर राष्ट्रबैकले मात्र आफ्नो साखमा गुमाएको छैन नेपाल राष्ट्रले नै फेरि एकपटक इन्डियन मूखी हुनु परेको छ । कारण नेपाल राष्ट्रबैकले रुपैयाको अभावमा इन्डियन करेन्सीलाई राष्ट्रबैकहरुबाट कारोबार गर्ने अनुमति दिएपछी यस्तो दुराबस्ता नेपालले खेप्न परेको छ यो नयाँ होइन तर निकै खतरनाक चै हो । खासमा नेपाल इन्डियाको दबाबमा पर्नै पर्ने यी यस्तै कारण छन् जुन यो नेपाल र इन्डियाको खुल्ला सिमान ठाडो हस्त क्षेप जस्ता छुट्टै र युनिक समबन्ध भएकाले हो जसलाई नेपालको निरिह प्रशासन, अस्थिर राजनिति फितलो बिदेश निति जस्ता कुराको सुचीबनाउन निकै लामो हुन्छ । नेपालको बैदेशिक व्यापार इन्डियासँग निर्भर गर्छ र तराई तिर त इन्डियन पैसाको कारोबार नेपाली रुपैयाको तुलनामा बढि नै होला । यसैले नि नेपाल इन्डियाको दासि त जहिले नि हुनु पर्छ तर यसपाली नेपाल सरकारको अक्षम क्षमताकाकारण राष्ट्र रमाउने बेलामा उल्टै राष्ट्रियताका बारेमा नै धक्का खान परो । हुनत नेपाल जस्ता अरु राष्ट्रका पनि आ-आफ्नै चाड हुन्छन् तर नेपालले आफुले धान्न नसक्ने गरि चाड मनाएको छ राष्ट्रीयता खतरामा पारेर पनि चाड मानएको छ ।
यसपालीको पैसाको अभाव नेपाल सरकारले बैकमा रकम राख्नेले श्रोत खुलाउनु पर्ने नितिको खुलासा गरेर भएको हो तर लागु चैं भइको छैन यो निति बरू पैसावालहरू आफ्नै बैकको स्थापना गर्न मात्र सफल भएनन् उल्टै राष्ट्रको केन्द्रीय बैकले मात्र अख्तियारी पाएको पैसा छाप्नेकाम आफै गर्ने सम्मको धम्कि दिए सरकारलाई ।
नेपाल सरकारले निति लयाउनु थियो त यहाँका व्यक्ती र पैसावालको साइकोलोजि किन बुझ्न सकेन कि बुझ्न प्रयास गरेन सर्वसाधारणका आखामा छारो हाल्नका निति को तर्जुमा गरेको हो कि ? यसको लागी निश्चित समय दिएर सबै पैसा बैकमा जम्मा गर्ने बाताबरण निर्माण गरेर र नगर्नेको कारोबार अबैध सम्म गर्न सक्ने व्याबस्था सरकाले गरेर त्यस पछि मात्र श्रोत खुलाउनु पर्ने निति सरकारले लागु गर्न सकेको भए यो अबस्थआ आउने थिएन किन त्यो पारदर्सी बाटो अपनाएन सरकारले ?
त्यो कसले गरोस सरकार र निति निर्माता नै यहाँ एक से एक भ्रष्ट र कुनितिका ज्ञाता भएको देशमा ।

पैसाको अभावले देशले मात्र हैन समाज हुदै ब्यक्तिले समेत चाडका नाममा सास्ति खेपेर हैरानी झेल्न परेको छ ।फेरि यसको असर त्यो ज्यालादारिलाई परेको देख्दा निकै अचम्म लग्दो दृश्य देखिन आयो । हैन त्यो माग्नेले १०० किलो उचालेर २०० मिटर टाढा पुर्याए पछि किन उसलाई २० रुपैया दिन राष्ट्रियस्तरको वचन लाएको होला उ कहिले १,००,००० रुपैयाको भुक्तानी पाउने कागजको खोस्टो बोकेर बैक गएको थियो र त्यो बचन लाएको होला। हुन त नेपाल लगायत बिश्वमै चाडबाड, रमाईलो र मोज मस्ती भनेको सम्पती वालका लागि मात्र आउछ तर नेपालमा भने यसको अलिक नकारात्मक असर बढी छ यहाँ दसैको नाममा ठुलाबडाले चाहाडको नाम लिएर साना लाई हेप्ने प्रबृति पनि छ काम लगाएको ठाँउबाट घर जान्छु भन्दा काम नै छाडेर जानु पर्ने बर्षदिन काम गरेको पैसा दसैमा दिने भनेर राख्ने अनि दसै आए पछि बिभिन्न बाहाना बनाएर पैसा नदिने यहाँका काम दाताको व्यहोरा छ भने नेपालको बाताबारणीय स्वरुप पनि खासै उपर्युक्त छैन यो दसै भन्ने भिमकाय चाडलाई स्वागत गर्न किन भने अधिकांस नेपालीको बार्षीक खाद्यन्नको श्रोत भनेको कार्तिक मंसिरमा पाक्ने बालि हो जुन आस्विन महिनमा पर्ने दशैमा ठिक्क पुरानो अन्न सकिएको बेला पर्छ भँने नयाँ आउनलाई करिब २ महिना कुर्नै पर्ने हुन्छ । र यो मौसममा डेड महिनालाई लिएको ऋणको पनि पुरै बर्ष भरिको व्याज साहुलाई बुझाउनु परेका पिडा गाँउमा अझै थपिदैछन् । हरेक बर्ष सरकारले दसैमा गरेको व्यापार बिभिन्न दलाल र नेताका खटन पटनमा पर्दै ग्रामिण जनताका हातमा पुग्दैन या पुगे पनि त्यो फेरि पनि त्यहिका हुने खानेले रक्सि बनाउन र त्यही गरिवलाई काममा लाउदा छाक टार्न दिने कुतका भरमा उपयोग हुने गरेको छ । सबै हुने खानेले नै हडप्ने गरेको कुरा यहाँ नौलो छैन । यसरी सकि नसकी राष्ट्रले घोषणा गरेको राष्ट्रिय चाड प्राय मनले मात्र भए पनि सबै नेपालीले मनाउने दसैलाई बरु एक वा दुई दिनमा झारेर सरकारी तवरबाटै हर्सौलासका साथ मनाए सबैलाइ समान अबसर हुन्थ्यो कि ? जो जो मान्न बाट बिमूख छन् उनिहरुलाई।
दसैलाई बिल्कुल नयाँ ढग्गबाट हेरिन पर्छ यदि लामो समय यसलाई निरन्तर मानिरहने चाडको रुपमा लिने हो भने । यहाँ रागाको टाउको रेट्न नपाएर आन्दोलन र अन्सन छेड्ने जमात निकै र कालान्तरमा यि यस्तै बिक्रितिका कारण दसै पनि एउटा अराजक समुहको झुन्डमा फसेर अरुलाई निरुत्साहित गर्ने एउटा माध्ययम बन्ने छ जसरी नेकपा माओबादिले आफ्नो पार्टिको पुच्छरबाट हटाएको छ त्यसै गरि अरुकोलागि पनि यस्को महत्वमा आँच नआउला भन्न सकिदैन।
मज्जैले भन्न पर्छ फुर्सद भएका सबैले बुझ्ने कुरा हो गएको साल नेकपा माओबादिको सरकार हुदा रागाँ सेर्न नपाएर तान्डब माच्चिएको तियो दसैमै यसपालीको सरकाले दसैंको भिमकाय थेग्न नसकेर राष्ट्रियताको बलि दियो बास्तव मै यो चाडलाई नयाँ तवर बाट परिभाषित नगरे यसबाट पाउने भन्दा गुमाउनु बडि पर्छ किन भने यो चाडले बसाएको संस्कृतीमा नेपालको मौलिकता पाए पनि यसको मुल मर्म बुझ्दा यो बदलिएको राष्ट्रिय परिस्थितिलाई ठेष पुर्याउन बाट जोगाउन यसको नयाँ परिभाषा गरिन आबस्यक छ। ताकि फेरि चाडमान्ननेका नाममा नेपालीहरुले राष्ट्रिय स्वाभिमान गुमाउन नपरोस् ।
जय देश जय नरेश भन्नेठाउँमा सारभौमसत्तासम्पन्न हामी नेपाली जनता जिन्दावाद भन्न पाइयोस ।

धन्यवाद।।।

No comments:

Post a Comment