Thursday, September 10, 2009

नाम चलेका केटिका कथाका झलकहरु

त्यहीबेला बेस्सरी बतास चल्यो । मेलिना र निखिल चढेको डुंगा हरायो । एकछिनमा आउलान् नि त भनेर सुरेशको आदेशमा सबै नजिकैको बगैचामा पुगे । अर्को दृश्यको छायांकनका लागि तयार भैसक्दा पनि निखिल र मेलिना देखा नपरेपछि छायांकन टोलीले उनीहरुको खोजी गर्न थाल्यो । तीन घण्टापछि बल्ल बल्ल उनीहरु आए।
हावाले बोटलाई तालको अर्को किनारमा पुराएपछि उनीहरु गाडी चढेर यता आएका रहेछन् । आउदा निखिल हासिरहेका थिए भने मेलिनाको अनुहार रातो रातो देखिन्थ्यो ।


करिश्मालाई अहिले योजना बिनाको जीवन मन पर्न थालेको छ। भन्छिन् 'कामको कुनै रुटिन र बाध्यता नहुने हो भने जीवन गजब हुन्थ्यो होला!' आजभोलि करिश्मालाई राजेश हमालको जीवन देख्दा लोभ लाग्न थालेको छ। राजेशले बिहे नगरेको विषय छापामा असंख्य पटक उठिसकेको छ। करिब दुई दशक राजेशसँग अभिनय गरेकी करिश्मालाई चाहिँ राजेशको एक्लो जीवन मन पर्यो। 'राजेशजी साह्रै लक्की बिहे गर्दा धेरै झमेला हुने रै'छ म त बिहे नगर्ने सल्लाह दिन्छु'- उनले भनिन्।

सानीले अलिकति फूल टिपिन् । हातमा फूल बोकेर उनले यसो आकाशतिर उँभो मुन्टो लगाइन् । "आहा आजको दिन कति रमाइलो छ उँ उनले सोचिन् । आकाशमा बादलहरू तँछाडमछाड गर्दै दगुरिरहेका थिए । दिन अलिक धुम्मिएको थियो । सानी बादलसँगसँगै मन्दिर पुगिन् । मन्दिरमा फूल चढाएर ढोगिन् अनि बाहिर निस्केर हेरिन् । अघि आफूसँग दगुरेको बादल धेरै टाढा पुगिसकेको थियो । सानीले सोचिन् सायद यो बादल दगुरेर काठमाडौं पुग्छ होला । उनलाई काठमाडौं धेरै टाढा छ भन्ने लागेको थियो ।

जाँदैन किनभने प्रेम गर्ने पनि एउटा क्षण हुन्छ । कुनै क्षणमा मनपरेको कुनै चिज
अर्को एउटा क्षणमा मन नपर्नसक्छ । र, तपाइँलाई म बताइदिउँ- प्रेम सर्छ । एक
व्यक्तिबाट विस्तारै कम भएर अर्को व्यक्तिमा सर्छ । यो अनुभव मलाई पनि भएको हो तर
इन्ट्रेष्टिङ कुरा तपाइँलाई बताइदिउँ ? यस्तै विषयमा बनेको "छोडिगए पाप लाग्ला"मा
मैले खेलेँ । मलाई ज्यादै मन पर्‍यो ।
कुरा एक वर्ष अगाडिकै मात्र हो। चर्चित नायिका अरुणिमा लम्साललाई निर्देशक कृष्ण चापागाईंले आफूसित सुत्ने प्रस्ताव राखेको कुराले चर्चा पाएको थियो। आफू एक्लै सुत्न डर मान्ने अरुणिमाले त एउटी महिला सहपाठीको माग गरेकी थिइन् तर रक्सीको मातमा डुबेका निर्देशक चापागाईंले त्यसलाई उल्टो अर्थ लगाए र आफू नै अरुणिमासित सुत्ने प्रस्ताव राखे। यो काण्ड ठूलै चर्केपछि निर्देशक कृष्ण चापागाईंले आफ्नो कुनै दुराशय नभएको वक्तव्य निकाल्नुपरेको थियो। 'दिवानापन'को सुटिङको समयमा भएको यो चर्चा समयक्रममा सोलायो।
पुराना कुरा खोतल्दै जाने हो भने चलचित्र जगतको सबैभन्दा चर्चित यौन काण्ड भनेको सुधांसु जोशी र आराधना क्षेत्रीबीचको काण्ड हो

२५ वर्षीया मीना र २१ वर्षीया माया आफूलाई बेच्ने श्रीमान्लाई कारबाही गराएकोमा पछुतो मान्न थालेका छन् । दुवैजना भन्छन्, 'न्याय त पाइयो, तर अहिले बिचल्लीमा परियो ।' श्रीमान्ले छोरासहित बेचेका थिए, मीना र मायालाई । महिला अधिकारकर्मी संस्थाको सहयोगमा बेचिएको ठाउँबाट फर्केर श्रीमान्लाई जेलसम्म पुर्‍याउन त सफल भए उनीहरू तर अहिले भोकै पेट सुत्नुपरेपछि न्याय नै अभिशाप भएको गुनासो गर्न थालेका छन् ।
भीमदत्त नगरपालिका- ८ कञ्चनपुरकी मीनालाई श्रीमान् केशव नाथले चारवर्षे छोरा हिमांशुसहित बैतडी लगेर बेचे, सात छोरीका बाबु ५६ वर्षीय गंगा गिरीलाई । भीमदत्त नगरपालिका- ७ हुल्दुखालकै मायालाई पनि श्रीमान् भुवन थापाले साढे पाँच वर्षीय छोरा पर्वतसहित भारतको दिल्लीमा बिक्री गरेका थिए ।
 
मीना र माया माइती नेपालको सहयोगमा आफ्नो गाउँ फर्केर सञ्चारमाध्यममार्फत पीडा पोखे । सरकारी तथा गैरसरकारी संघसंस्था, स्थानीय प्रशासन सबैले सहयोग गरे उनीहरूलाई । दुवैले श्रीमान्विरुद्ध दिएको बेचबिखनको जाहेरीका आधारमा केशव र भुवन पक्राउ पनि परे ।
दुवै श्रीमान्विरुद्ध अदालतमा मुद्दा दर्ता गरियो । केशव र भुवनले अदालतमा आफूहरूलेे श्रीमती बेचेको स्वीकार गरे । र, अदालतले दुवैलाई पुर्पक्षका लागि जेल चलानको आदेश दियो । छोरासहित आफैंलाई बेच्ने श्रीमान् जेल जाँदा मीना र मायाले खुसी हुँदै भनेका थिए, 'बल्ल मन शान्त भयो, न्याय पायौँ ।' त्यही न्याय अहिले उनीहरूलाई बोझिलो भएको छ । न्यायले बाँच्न गाह्रो पारेको छ ।

No comments:

Post a Comment