Wednesday, September 16, 2009

झरेका आँसुको मुल्य

'तपाई कति दुब्लाउनु भएको?', उसका औँलाहरू मेरो गुन्द्रुके कपालको मुजा भित्र पसाएर चाल्दै निकटता साट्थ्यी मसँग । हाम्रो प्रारम्भिक नै मेरो कोठामा भएको थियो, निकै बेर छातिमा सिरानी लाएर पिर्लिक्क आँसुका डिक्का खसालेर भन्थी कि'साँच्ची, आँसुमा के हुन्छ, मान्छेहरू रोएर हल्का हुन्छु भन्छन्, के रसायन हुन्छ त्यसमा ? मलाई पनि रुए पछि निकै हल्का महसुस हुन्छ भनेर भन्दा मलाई निकै असजिलो हुन्थ्यो मलाई देखावटी तेस्तो होला जस्तो लाग्ने तर म भावनामा खोट पुग्ला भनेर खै भनेर नजानेको जस्तो गरेर उसलाई सहयोग गरेको आभास दिन तल्लिन हुन्थे।'

म ति आँसुका डिक्का भित्रमायाको खोल ओडेर समयमा मौकाको फाइदा उठाउन सक्ने सक्षमता उसमा देख्ते र आफुलाचार सिवाय अरु केहि हुन सक्तिन थे । र ऊ यस्तो ठाउँको खोजीमा थिइ कि , जहाँ आँसु बिक्री बिना कुनै फिक्रि होस र रुवाइले भ्वइलेन छरोस । तर अनुभवको बहीखातामा उसको अश्रु-अध्याय रित्तोरित्तो थियो । ऊ नरोएको कहिल्यै देखिएन । रिसाउँदा, दु:खका बाछिटाले छुलुक्क सिर्कना वर्षाउँदा कि त ऊ गुम्म परेर अनुहारभरि अँगारी धुन भरेर अँध्यारिन्थ्यो, कि त 'ह्याऽऽ केही भएको छैन, टेन्सन भन्या यस्तै हो क्या आउँछ जान्छ' भन्ने नाटकीय थेगो उच्चारण गरेर मनमा चाहिँ थला पर्नेगरी ओइलाउँथी । उसको निम्ति सौभाग्यको कुरा यति नै थियो, ऊ एउटा रून्चे मान्छे मेरा छातीमा सिरानी पाइरहेकी थियी !

ऊ र म बीच खास नाता के थियो, अझैसम्म अपरिभाषित पाउँछु म । अनौपचारिक हुनहुन खोजेर पनि नसकेका हामी सँगै रहेर पनि टाढा भए जस्ता थियौँ । यदाकदा म रहर पोखिरहन्थेँ ऊ सामु- 'तिमी रोएको एकचोटि हेर्ने मन छ, धक फुकाएर भित्रदेखि रोएको र यी भकुल्ले गाला लेकाली छाँगाले निथ्रुक्क पहरो भएको देख्‍ने मन छ ।' खासमा ऊ दु:खी भएको हेर्ने मन त एक अंश पनि हुँदैनथ्यो ।

हाम्रो सरसङ्गत साप्‍ताहिक भेटको रूटिनबद्ध जीवनमा गुँड लगाइरहेथ्यो । भेट्थ्यौँ-छुट्थ्यौँ फेरि भेट्थ्यौँ । सङ्गतको यस्तो रूटिन थियो, छुट्नैको लागि भेटे जस्तो, अनि फेरि भेट्नैका लागि छुटे जस्तो । के थाहा, सङ्गत गुनाको फल मिलेर कतै पुष्‍ट बचेरा कोरलिहाल्ने पो हो कि ? मानौँ, यस्तै विवेचना मनभरि उब्जाएर हामी एउटै स्टेशनमा डेढ वर्षसम्म अविरल भेट्दै रह्यौँ । नतीजा ? यो सङ्गतमा उसको जेलाइमा जेलिएर अनेक आरोह-अवरोहमा जाकिएर म नै रोएँ धेरै- आफ्नै कोठाको नरम सिरानीमा, फोनमा, मन्दिरका धेरै मूर्तिहरूको लस्करमा अर्को मूर्ति बनेर, साँझपख पल्लो घरको आँगनमा धिपधिपाएको बत्ती हेरेर ।

रुनुलाई पीडा र व्यथाको जनाउचिन्ह मानिन्छ समाजमा । यसलाई कमजोरीको रुपमा व्याख्या र वर्गीकरण गरिन्छ । यही कोणबाट एउटा गीत पनि बनाइएको छ- 'लोग्नेमान्छे भएर रुनु हुन्न रे ...' गीतमा पात्र रुन खोज्छ तर सामाजिक मान्यता, कमजोरी-सबलताको मुद्दा, भावनामाथि तर्कको दादागिरीले गर्दा रुनुसाटो घाँटी मात्र खसखसाएर बस्न बाध्य हुन्छ । सायद उसले पनि यो गीत सुनेको र हेरेको हुनुपर्छ । तर रुने 'फुर्सद' उसलाई थिएन पछि गएर कारण उसले समय पार गरेर कसैलाई कुर्नु थियो त्यो भै सकेको थियो ।
म कति हदसम्म मान्छे बन्न सकेको छु, कतिसम्म मानवीय भावको छु त्यो त मैले किटेर भन्ने कुरा होइन । तर मेरो हेराइमा रूने मान्छेलाई नै मैले मानिस मात्र भन्न सक्तिन उसमा भएको इच्छा प्रकट गर्ने माध्यम भन्ने गरेको छु । रुनु कमजोर हुनु होइन, आफैभित्रको आफूलाई नाघेर अरूसम्मलाई छुनु हो । रुनु खालि आँसु बगाउनु होइन, वेदनालाई सेलाएर नयाँ जोसका लगि आफूलाई सघाउनु हो । रुनु, रुनु मात्र होइन, संवेदना हुनु हो, तरलता हुनु हो । मेरा केही साथीहरू छन् जो अनायासै रुन्छन्, यत्तिकै । खुइय्य गर्छन्, दिक्किन्छन्, न्यास्रिन्छन्, फेरि सानै कुराले फुलेल बन्छन्, खुसीले 'पागल' बन्छन् । ध्यानी-ज्ञानी छैनन् कोही वितरागी हुन सकेका छैनन् । र पनि यति भने भन्न सकिन्छ, मान्छे चाहिँ उनीहरू पक्का मान्छे छन् । मानवीय भावले नै उनीहरूलाई यस परिचयमा टिकाएको हो भन्छु म । तिनको लागि रुनु कुनै सत्सङ्गभन्दा कम छैन । तिनको कामकाज राम्रै चलिरहेको छ, घर-परिवारमा पनि सबै ठीकै छ र पनि भन्छन्- 'यार आज खूब रूने मूड छ, कोठामा आज एक्लै हुन्छु राती मज्जाले रुन्छु ।' यस्तो पनि कुरा ? आज बाहिर खाने प्रोग्राम छ भने जस्तै रुवाइको पनि आयोजना हुन्छ तिनको । तर म आफु अरुको रुवाइमा फसेर रुन परेकोमा निकै खल्लो महसुस भएर कतै मुल्यवान हिरालाई फुटाएर फुलिपो कमाउन खोजे कि???

No comments:

Post a Comment